कामपा वडा नं १४ का वडा सदस्य महर्जन दुई लाख घुससहित अख्तियारको फन्दामा
काठमाडौं, भदौ २१ : काठमाडौं महानगरपालिका वडा नं १४ का वडा सदस्य वसन्त महर्जन दुई लाख घुससहित पक्राउ परेका छन् ।जग्गाको मोहियानी हक...
काठमाडौं, भदौ २१ : काठमाडौं महानगरपालिका वडा नं १४ का वडा सदस्य वसन्त महर्जन दुई लाख घुससहित पक्राउ परेका छन् ।
जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिएको अवस्थामा कलंकीको, खसी वजार स्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १९:०२ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











