Kathmandu Press

एकात्मक दलका पूँजीवादी दक्षिण एशियामा युद्ध भड्काउन खोज्दैछन्: गुरूङ

बेँसीशहर, साउन ७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षी नेपाली कांग्रेसले पटक-पटक सरकार बदलियोस् भन....

एकात्मक दलका पूँजीवादी दक्षिण एशियामा युद्ध भड्काउन खोज्दैछन्: गुरूङ

बेँसीशहर, साउन ७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षी नेपाली कांग्रेसले पटक-पटक सरकार बदलियोस् भन्ने चाहेको बताएका छन्।

लमजुङको बेँसीशहरमा मंगलबार ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले आफू सत्तामा जाने अवस्था आउने हुँदा प्रतिपक्षी कांग्रेसले सरकालाई कमजोर बनाउने गतिविधि गर्ने गरेको बताएका हुन्।

एकात्मक दलका पूँजीवादीले दक्षिण एशियामा युद्ध भड्काउन खोजिरहेको बताउँदै प्रमुख सचेतक गुरूङले त्यो अवस्था प्रति बेलैमा सजग बन्नुपर्नेमा जोड दिए। 

उनले पुष्पलालले नयाँ जनवादको नारा उठाउनु भएकाले अन्तिम घडीसम्म पनि त्यसलाई छोड्न नहुने बताए। उनले भने,“उहाँले  चिनियाँ क्रान्तिलाई नजिकबाट हेर्नुभयो र त्यसलाई संस्लेषण गरी अघि बढ्नुभयो, नेपाली कम्युनिष्ट आन्दोनलाई उचाइमा पुर्‍याउनुभयो, त्यसैले उहाँको योगदानलाई हामीले सम्झिरहनुपर्ने छ।” 
 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, साउन ७, २०७६