Kathmandu Press

अन्तर्राष्ट्रिय विकास संस्थाको ११ अर्ब रुपैयाँबराबरको ऋण सहायता स्वीकार्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने ११ अर्ब आठ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकार गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय विकास संस्थाको ११ अर्ब रुपैयाँबराबरको ऋण सहायता स्वीकार्ने सरकारको निर्णय

काठमाडौं, भदौ २१ : सरकारले अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने ११ अर्ब आठ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । उक्त सहायताको उपयोग विद्यालय क्षेत्र विकास कार्यक्रम र स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रममा खर्च हुनेछ ।

उक्त संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप प्राप्त हुने पाँच करोड अमेरिकी डलर (करिब पाँच अर्ब ५४ करोड रुपैयाँ) बराबरको सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

सोही संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने पाँच करोड अमेरिकी डलर (करिब पाँच अर्ब ५४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता पनि सरकारले स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अनुकुलन कार्य गठबन्धन तथा त्यसको निर्देशक समितिमा नेपाललाई सदस्यका रूपमा सहभागी हुन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै, दार्चुला व्यास गाउँपालिका–१ छाँगरुमा स्थापना भएका नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको गुल्म भवन निर्माणका लागि ८५ सय क्युबिक फिट सल्लाको गोलिया काठ संकलन गरी उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्