Kathmandu Press

गृहमन्त्री खाणले लिए सात जिल्लाका प्रजिअलाई टेलिफोन गरेर जिल्लाका घटनाबारे जानकारी

काठमाडौं, भदौ २१ : गृहमन्त्री बालकृष्ण खाणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । उनले टेलिफोनमा निरन्तरको...
गृहमन्त्री खाणले लिए सात जिल्लाका प्रजिअलाई टेलिफोन गरेर जिल्लाका घटनाबारे जानकारी

काठमाडौं, भदौ २१ : गृहमन्त्री बालकृष्ण खाणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । 

उनले टेलिफोनमा निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर रातभर लगातार परेको वर्षातका कारण आएको पहिरो र बाढीको असरबारले जानकारी लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । प्रजिअ सापकोटाले ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जानकारी दिए । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका थिए । त्यस्तै जिल्लाकै सुनिलस्मृति गाउँपालिका–४ मा फगाम खोला गाँउमा वीरबहादुर  घर्तीको ग्यारेजमा पसेर रा १ ख २०६८ नम्बरको बस बगाएको छ ।

त्यस्तै, मन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफाने गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिए । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुवानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पुर्‍याएको जानकारी मन्त्रीलाई गराएको जानकारी दिए । मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाणले गराएको जानकारी दिए । 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे पनि जानकारी लिए । कारागारमा हिजो अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे जानकारी लिए । प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएको बताउनुभयो । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो ।

अहिले सहमतिमा सामान्य बनाएको जानकारी गराए ।’मन्त्री खाणले निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग जानकारी लिए । 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्