Kathmandu Press

बजेटको गतिरोध अन्त्य गर्न ओली सहमत भएनन् : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियम निलम्बन गरेर बजेट पारित गर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले असहमति जनाएको जानकारी दिएका छन् ।
बजेटको गतिरोध अन्त्य गर्न ओली सहमत भएनन् : मन्त्री कार्की

काठमाडौं, भदौ २१ : सरकारका प्रवक्ता एवं न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियम निलम्बन गरेर बजेट पारित गर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले असहमति जनाएको जानकारी दिएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकबारे जानकारी दिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा आफूले केही दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेर नियम निलम्बन गरी बजेट पारित गर्नेबारे छलफल गरेको मन्त्री कार्कीले खुलाए । त्यसमा ओलीले असहमति प्रकट गरेको र वार्ताद्वारा समस्या समाधानको प्रयास भइरहेको उनले जानकारी दिए ।

२३ भदौदेखि संघीय संसदको अधिवेशन सुरु हुन लागेको सन्दर्भमा वार्ताद्वारा समस्या समाधान गरेर अगाडि बढ्ने उनले बताए ।

अर्को जिज्ञासामा मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने उनले बताए ।

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्