Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २१ : कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार दुई बजे बैठक बोलाइएको हो ।

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्