उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २१ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१८, भक्तपुरमा...
काठमाडौं, भदौ २१ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १७:०६ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











