Kathmandu Press

सोमबार १८९७ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
सोमबार १८९७ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु 

काठमाडौं, भदौ २१ : पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन्। 

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्