उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने
काठमाडौं, भदौ २१ : आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्ने भएका छन्। सोमबार दिउँसो काठमाडौंका सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले...
काठमाडौं, भदौ २१ : आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्ने भएका छन्। सोमबार दिउँसो काठमाडौंका सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्। विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो।
सिडिओ पराजुलीका अनुसार विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ । उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन तिहारसम्म लाग्ने सिडिओ पराजुलीको भनाइ छ।
विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको÷नभएको भनेर नियमित नियमन गर्नेपर्ने उनले बताए ।











