प्रदेश-२ का जसपा सांसद जितेन्द्र सोनल लोसपातर्फ

काठमाडौं, भदौ २१ : जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का सांसद् जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन्।
सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् ।
सोनलले सनाखत गरेसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ । बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट सोनल निर्वाचित भएका थिए ।
यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।
प्रकाशित मिति: १५:५९ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











