Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

१४ जना प्रदेशसभा सदस्यले एमाले छाडेर एकीकृत समाजवादी रोजेपछि उक्त पार्टी सबैभन्दा ठूलो बनेको हो।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

काठमाडौं, भदौ २१ : सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ ।

१४ जना प्रदेशसभा सदस्यले एमाले छाडेर एकीकृत समाजवादी रोजेपछि उक्त पार्टी सबैभन्दा ठूलो बनेको हो ।

यसअघि ५२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २५ सांसद थिए । तीमध्ये १४ जनाले एकीकृत समाजवादी रोजेका हुन् । अब एमालेसँग ११ सांसद मात्र बाँकी भएका छन् ।

सोमबार मात्र एमाले सांसद माया तामाङ बोहराले एमाले छाडेर एकीकृत समाजवादी रोजेकी छन् । यसअघि दीर्घ सोडारी, तारा लामा तामाङ, बलबहादुर सोडारी, पूर्णा जोशी, दुर्गा कामी, माया भट्ट, लालबहादुर खड्का, अमरबहादुर साउद, अर्चना गहतराज, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी र सुशीला बुढाथोकीले एकीकृत समाजवादी रोजेका थिए ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन् । यसअघि प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले ११ सांसदसहित चौथो दल बनेको छ ।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्