Kathmandu Press

बेलायतमा २४ घण्टामा ३७ हजार बढी कोरोना संक्रमित थपिए

लण्डन, भदौ २१ : आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका संक्रमित  थपिनेक्रम बढ्दै...
बेलायतमा २४ घण्टामा ३७ हजार बढी कोरोना संक्रमित थपिए

लण्डन, भदौ २१ : आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका संक्रमित  थपिनेक्रम बढ्दै गएको छ।

यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बताइएको छ। यो समेत गरी यहाँ ६९ लाख ७८ हजार ६२ जना संक्रमित  पुगेका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ। यहाँ पछिल्ला केही हप्तामा संक्रमितहरु थपिने र निधन हुनेको संख्या पनि बढेको बताइएको छ। 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ। यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ। 
 

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्