Kathmandu Press

पञ्जशिर उपत्यका कब्जा गरेको तालिबानको दाबी

काबुल, भदौ २१ : अफगानिस्तानको पञ्जशिर उपत्यका पनि तालिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन्। देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका...
पञ्जशिर उपत्यका कब्जा गरेको तालिबानको दाबी

काबुल, भदौ २१ : अफगानिस्तानको पञ्जशिर उपत्यका पनि तालिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन्। 

देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर उपत्यका पनि कब्जा गरेसँगै अफगानिस्तानको सबै क्षेत्र कब्जा भएका छन्। 

तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन्। 

Hardik ivf

तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र उपत्यका नै नियन्त्रणमा आइसकेको दाबी गरे । ‘अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ,’ प्रवक्ता मुजाहिदले भने। 

आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन। पञ्जशिर पनि अब यहीमार्फत सञ्चालित हुने भएको छ। विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन्। 

पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ। भिडन्तका क्रममा अरु कैयौँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन। 

काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सानो उपत्यका हो भने यसलाई तालिबान विद्रोहीहरुले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन्।

पहाडहरूले छेकिएको उक्त उपत्यका परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ। डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो। 

बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्नसक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरुले कब्जामा लिन नसकेको बताइन्छ। 
 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्