Kathmandu Press

भन्सार छली ल्याएका कपडा तथा कस्मेटिक सामान बरामद 

पर्सा, भदौ २१ : पर्सामा भन्सार छलेर ल्याइएको लत्ताकपडा एवम् कस्मेटिक सामान प्रहरीले बरामद गरेको छ । बहुदरमाई नगरपालिका–६ बाट अवैध रूपमा भन्सार छलेर ना.२...
भन्सार छली ल्याएका कपडा तथा कस्मेटिक सामान बरामद 
Hardik ivf

पर्सा, भदौ २१ : पर्सामा भन्सार छलेर ल्याइएको लत्ताकपडा एवम् कस्मेटिक सामान प्रहरीले बरामद गरेको छ । 

बहुदरमाई नगरपालिका–६ बाट अवैध रूपमा भन्सार छलेर ना.२ ह ५२६३ नम्बरको अटोमा लोड गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामानहरू बरामद गरिएको हो । 

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद गरेको हो । साथै उक्त बरामद सामानहरुको ७ लाख १८ हजार २ सय ६० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्