काभ्रेको बनेपा बजार डुबानमा

काठमाडौं, भदौ २१ : लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा परेको छ।

डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।

पुण्यमाताको खोलामा आएको बाढी बजार र सडकमा पसेको हो। पुल बजार क्षेत्रका घर, पसल जलमग्न भएका काभ्रे प्रहरीले जनाएको छ।
पानी पर्न कम भएपछि बाढी घट्न थालेको छ ।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











