Kathmandu Press

ताप्लेजुङमा नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

ताप्लेजुङमा नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

ताप्लेजुङ, भदौ २१ : जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन्। 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउनेमा उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन्। 

दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ। सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: ०९:४१ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्