Kathmandu Press

आज देशभर भीषण वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

काठमाडौं, भदौ २१ : मनसुनी वायुको प्रभावले आज देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून...
आज देशभर भीषण वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम

काठमाडौं, भदौ २१ : मनसुनी वायुको प्रभावले आज देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय क्षेत्रको प्रभावले पनि देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना छ।

देशभर भइरहेको वर्षाका कारण पहाडी भूभागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने सक्ने महाशाखाले जनाएको छ। नदी तथा खोलाका तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउसो पनि सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ।

सोमबार राति पनि वर्षा हुने महाशाखाको प्रक्षेपण छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति: ०७:३० बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्