पहिरोले घर पुरिँदा एकको मृत्यु, एक वेपत्ता
रोल्पा, भदौ २१ : रोल्पामा गएराति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।गएराति रोल्पा नगरपालिका १०...
रोल्पा, भदौ २१ : रोल्पामा गएराति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
गएराति रोल्पा नगरपालिका १० मा पहिरोले घर पुरिएको हो। घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्।
पहिरोमा परि दुई जना घाइते भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











