Kathmandu Press

भियतनामका विद्यालयमा पढाइ सुरु

हनोइ, भदौ  २० : भियतनामका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ। देशका झण्डै दुई तिहाइ क्षेत्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार ती...
भियतनामका विद्यालयमा पढाइ सुरु

हनोइ, भदौ  २० : भियतनामका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ। देशका झण्डै दुई तिहाइ क्षेत्रका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको अधिकारीहरुले जनाएका छन्। 

उनीहरुका अनुसार ती विद्यालयहरुमा आइतबारदेखि विद्यालयस्तरको नयाँ शैक्षिक सत्र सुरु गरिएको हो। 

कोरोनाभाइरसको महामारीका कारण भियतनामका विद्यालयहरुमा लामो समयदेखि पठनपाठन ठप्प भएको थियो। अहिले भने महामारी कम भएको ठहर गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय लिइएको अधिकारीहरुले जनाएका छन्।

अहिले पठनपाठन सुरु नगरेका विद्यालयहरुले पनि आइतबारदेखि पठनपाठन सुरु भएका विद्यालयहरुको अवस्था हेरेर र आफ्नो क्षेत्रमा महामारीको अवस्था हेरेर पठनपाठन सुरु गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने जनाइएको छ।   

भियतनाममा कोरोनाभाइरसबाट अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १२ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। 

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, भदौ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्