Kathmandu Press

फाहरुखको गोलमा नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं, भदौ २० : फाहरुखको गोलमा नेपालविरुद्ध भारतको अग्रता दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। पहिलो हाफ गोलरहित...
फाहरुखको गोलमा नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं, भदौ २० : फाहरुखको गोलमा नेपालविरुद्ध भारतको अग्रता दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलमा भारतलाई फाहरुख चौधरीले अग्रता दिलाए ।

उनले खेलको ६२औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा भारतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

नेपालले पहिलो हाफ नसक्दिै २ परिवर्तन गरेको छ । ४२औं मिनेटमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले स्ट्राइकर आशिष लामाको स्थानमा अन्जुन विष्ट र सुमन लामाको स्थानमा विशाललाई मैदान प्रवेश गराएका थिए।

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्