भारत र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा बराबरीमा
काठमाडौं, भदौ २० : नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफमा...
काठमाडौं, भदौ २० : नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका छन् ।
अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् ।
प्रकाशित मिति: १८:३७ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











