Kathmandu Press

बारामा ४६ करोडभन्दा बढी राजस्व संकलन

बारा, भदौ २० : मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व संकलन गरेको छ। तीमध्ये...
बारामा ४६ करोडभन्दा बढी राजस्व संकलन

बारा, भदौ २० : मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व संकलन गरेको छ। 

तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय, विविध शुल्कबापत ११ लाख दुई हजार र पुँजी बिक्री शुल्कबापत रु २९ हजार संकलन भएको कार्यालयले जनाएको छ। 

कार्यालयअन्तर्गत पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा र इनर्वासिरा गाउँ  विकास समिति रहेको बताइएको छ। 
 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्