Kathmandu Press

सुदूरपश्चिमका थप तीन एमाले सांसद एकीकृत समाजवादीमा

काठमाडौं, भदौ २० : सुदूरपश्चिम प्रदेशमा थप तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।ती सांसदहरू दीर्घबहादुर सोडारी, प्रकाश रावल र...
सुदूरपश्चिमका थप तीन एमाले सांसद एकीकृत समाजवादीमा

धनगढी, भदौ २० : सुदूरपश्चिम प्रदेशमा थप तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

ती सांसदहरू दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङ हुन्। उनीहरूले आज (आइतबार) धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। 

उनीहरू थपिएसँगै यो प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ भएको छ। यसअघि १० जनाले एकीकृत समाजवादी रोजेका थिए।

ती सांसदहरू पूर्ण जोशी, सुनकुमारी चौधरी, मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, अमर साउद, दुर्गा विक, माया भट्ट र लालबहादुर खड्का छन्।

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्