उपत्यकामा थपिए ४५३ कोरोना संक्रमित

काठमाडौं, भदौ २० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा दुई सय ८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्।
योसँगै काठमाडौं उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











