Kathmandu Press

एमसिसीविरुद्ध भदौ २३ गते जनमोर्चाले विरोध प्रदर्शन गर्ने 

काठमाडौं, भदौ २० : राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसविरुद्ध आगामी मंगलबार (भदौ २२) देशव्यापी विरोध प्रदर्शन...
एमसिसीविरुद्ध भदौ २३ गते जनमोर्चाले विरोध प्रदर्शन गर्ने 

काठमाडौं, भदौ २० : राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसविरुद्ध आगामी मंगलबार (भदौ २२) देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।

एमसिसीलाई कुनै हालतमा अनुमोदन गर्न नहुने भन्दै जनमोर्चाले सांकेतिक रूपमा विरोध प्रदर्शन गर्न लागेको हो। मंगलबार ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तक्र्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ।

एमसिसीको विषयलाई लिएर गठबन्धन सरकारलाई सचेत पार्न देशव्यापी विरोध कार्यक्रम गर्न लागिएको जनमोर्चाको भनाइ छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसिसी समावेश नगरे पनि सरकारको पछिल्लो गतिविधिले एमसिसी पारित गराउने चलखेल भइरहेको दाबी गरेका छन्। एमसिसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति भएको उनको भनाइ छ।

‘केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसिसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्