Kathmandu Press

पाँच प्रतिशत बढीले घटे पनि नेप्सेले रोक्यो शेयर कारोबार

काठमाडौं, भदौ २० : उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकेको छ। नेप्सेले ४० मिनेटका...
पाँच प्रतिशत बढीले घटे पनि नेप्सेले रोक्यो शेयर कारोबार

काठमाडौं, भदौ २० : उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार रोकेको छ। नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो। 

कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएको छ। लगातार नेप्सेमा गिरावगट देखिएपछि कारोबार रोकिएको हो। नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४.८४ मा सीमित भएको छ। कूल २१५ कम्पनीका एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए। 
 

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, भदौ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्