कुलमान घिसिङविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
काठमाडौं, भदौ २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।।यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव...
काठमाडौं, भदौ २० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।।
यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
प्रधान्यायाधीश जबराले दुईवटा मात्र मुद्दा हेर्ने भएपछि सो इजलासमा परेका बाँकी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा पर्दा कुलमानविरुद्धको मुद्दा पनि हेर्न नभ्याउने सूचीमा समेटिएको हो।
सरकारले साउन २५ गते विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यमा लगेको थियो। सो निर्णय विरुद्ध शाक्य सर्वोच्च गएका थिए।
प्रकाशित मिति: १५:१९ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











