कांग्रेस महाधिवेशन रोक्नुपर्ने मागको मुद्दा ‘हेर्न नभ्याइने’
काठमाडौं, भदौ २० : कांग्रेस महाधिवेशन रोक्नुपर्ने माग राखेर दायर गरिएको रिट आज (आइतबार) ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।कांग्रेसका तर्फबाट वाग्मतीका सांसद नरोत्तम वैद्यले...काठमाडौं, भदौ २० : कांग्रेस महाधिवेशन रोक्नुपर्ने माग राखेर दायर गरिएको रिट आज (आइतबार) ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
कांग्रेसका तर्फबाट वाग्मतीका सांसद नरोत्तम वैद्यले कोरोना महामारीलाई कारण देखाएर कांग्रेसको महाधिवेशन तत्कालका लागि रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
सुनुवाइका लागि उक्त रिट आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको थियो।
प्रधान्यायाधीश जबराले दुईवटा मात्र मुद्दा हेर्ने भएपछि सो इजलासमा परेका बाँकी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा पर्दा कांग्रेस महाधिवेशन रोक्नुपर्ने माग गरिएको मुद्दा पनि हेर्न नभ्याउने सूचीमा समेटिएको हो।
प्रकाशित मिति: १५:०७ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











