Kathmandu Press

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ, भदौ २० : जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ३२ वर्षीय दिपक दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत...
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
Hardik ivf

मोरङ, भदौ २० : जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ३२ वर्षीय दिपक दासलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत मोरङमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्