Kathmandu Press

सुनबहादुरलाई कारबाहीको माग गर्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र

काठमाडौं, साउन ७ : मानव वेचविखन मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएका सुनबहादुर तामाङलाई कारवाहीको माग गर्दै राष्ट्रिय मावन अधिकारी आयोगलाई ज्ञापनपत्....

सुनबहादुरलाई कारबाहीको माग गर्दै मानवअधिकार आयोगलाई ज्ञापनपत्र
काठमाडौं प्रेस

काठमाडौं, साउन ७ : मानव वेचविखन मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएका सुनबहादुर तामाङलाई कारवाहीको माग गर्दै राष्ट्रिय मावन अधिकारी आयोगलाई ज्ञापनपत्र बुझाइएको छ।

मंगलबार बिहान बेचविखनविरुद्ध कार्यरत संघ संस्थाले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेको हो। बेचविखन मुद्दामा नुवाकोट जिल्ला अदालतले सुनबहादुरलाई ३७ वर्ष जेल सजाय सुनाएको थियो। तर, केही दिन अघि उच्च अदालतले सफाइ दिएको छ।

ध्यानर्कषण पत्रमा भनिएको छ, ‘पटकपटक मानव बेचबिखनको अभियोग लागेका व्यक्तिलाई सजाय नै नदिइ छाड्ने हो भने न्यायको आसा सर्वसाधरणले कसरी गर्ने? दोषी ठहर गरिएका व्यक्तिलाई कानुन अनुसार सजाय दिलाउन जोडदार माग गर्दछौं।’  

यस अघि पनि सुनबहादुर वेचविखन मुद्दामा दोषी ठहर भएका थिए। अदालतले ६ वर्ष जेल सजाय सुनाएपछि २०६७ मा पक्राउ गरिएको थियो।

त्यसपछि वेचविखनका अन्य मुद्दामा समेत गरेर नुवाकोट जिल्ला अदालतले  २०७४ चैत ७ गते ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवाना तोकेको थियो।

ज्ञापनपत्र बुझाउनेमध्येका एक केआइएन नेपालका इन्द्रराज भट्टाराईले अदालतको आदेशले वेचविखनविरुद्ध कार्यरत र पीडितको मनोबल खस्किएको बताए।

‘उजुरी दिएर पक्राउ परेका ब्यक्ति नै सफाइ पाएर छुट्छन् भने अन्य दलालहरुले कसरी सजाय पाउन सक्छन्?,’ भट्टराईले भने, ‘न्यान नपाउने डरले अन्य पीडित महिला पनि दलालविरुद्ध उजुरी हाल्न डराउनेछन्।’

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, साउन ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्