Kathmandu Press

बाइडेन दम्पतीले आतंककारी हमला भएका स्थलको अवलोकन गर्ने

वासिङ्टन, भदौ २० : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगेर सेप्टेम्बर ११ को आतङ्ककारी...
बाइडेन दम्पतीले आतंककारी हमला भएका स्थलको अवलोकन गर्ने

वासिङ्टन, भदौ २० : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगेर सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन्।

सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २०औँ वर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ।

Hardik ivf

ह्वाइट हाउसले ट्विटर सन्देशमार्फत जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पतीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनेछन्।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमका लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ।

उहाँहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउने वक्तव्यमा उल्लेख छ।

शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्युरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी ६ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन दिएका थिए।

सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो। आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए। 

अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्