Kathmandu Press

एकीकृत समाजवादीले तोक्यो ६ प्रदेशमा इन्चार्ज

काठमाडौं, भदौ २० : नेकपा (एकीकृत समाजवादी) ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ।एकीकृत समाजवादीको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक ६ प्रदेशमा इन्चार्ज तोकेको...
एकीकृत समाजवादीले तोक्यो ६ प्रदेशमा इन्चार्ज

काठमाडौं, भदौ २० : नेकपा (एकीकृत समाजवादी) ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ।

एकीकृत समाजवादीको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक ६ प्रदेशमा इन्चार्ज तोकेको हो। प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन्।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोक्न बाँकी छ। केही दिनमै इन्चार्ज तोकिने जनाइएको छ।

त्यस्तै, एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई तोकेको छ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ। केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ तोकिएका छन्।

यससँगै एकीकृत समाजवादीले आज केन्द्रीय सचीवालयको बैठक बोलाएको छ। दिउसो ३ बजे बैठक बस्ने जनाइउको छ।

प्रकाशित मिति: ०८:४८ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्