Kathmandu Press

आजबाट डोटीका विद्यालय खुल्ने

सिलगढी, भदौ २० : कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटीका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालन हुने भएका छन्।जिल्ला प्रशासन कार्यालयले विद्यालय...
आजबाट डोटीका विद्यालय खुल्ने

सिलगढी, भदौ २० : कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटीका सम्पूर्ण विद्यालय आजदेखि सञ्चालन हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बर्ताए। कोरोनाको जोखिम नभएका कारण विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएको उनले बताए।

निमित्त प्रजिअ जोशीको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो। सोहीअनुरूप यहाँका स्थानीय तहका शिक्षा समितिले एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक स्थानीय तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास कार्यालयले जनाएको छ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न÷गराउन प्रशासनले सबैमा अनुरोध गरेको छ। (रासस)

प्रकाशित मिति: ०७:१४ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्