नेपालको फितलो ब्याटिङ; कतारलाई १२३ रनको लक्ष
काठमाडौं, साउन ७: टी–२० विश्वकप क्रिकेटको लागि भैरहेको एसिया क्षेत्र छनोटको आजको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १२२ रन मात्र बनाउन सकेको छ ।....
काठमाडौं, साउन ७: टी–२० विश्वकप क्रिकेटको लागि भैरहेको एसिया क्षेत्र छनोटको आजको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १२२ रन मात्र बनाउन सकेको छ । प्रतिद्वन्दी कतारलाई अब १२३ रन मात्र बनाए पुग्छ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालले निर्धारित २० ओभरमा १२२ रन बनाउँदा सबै विकेट गुमाए।
ब्याटिंग शुरुवात गर्दै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दा स्थिति ठिकै थियो। तर, पारस २८ रनमा आउट भएपछि भने नेपालको विकेट जाने क्रम शुरु भयो । ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए भने सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन।






