पब्लिक एफ एमको दहेज मुक्त अभियान शनिबारबाट पुनः संचालन

वीरगञ्ज भदौ १९ : कोरोना कहरको कारण स्थगित गरिएको पब्लिक एफ एमको दहेज मुक्त अभियान शनिबारबाट पुनः संचालनमा आएको छ।
शनिबार वीरगञ्ज महानगरपालिका २८ मा जनचेतना मुलक कार्यक्रमको आयोजना गरी अभियानलाई पुन सञ्चालन गर्ने भएको हो।
एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा स्थानीय श्री महानन्द प्रसाद उपाध्यायमा.बिमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं.२८ की वडा अध्यक्ष गिरीजा देवी, पुर्व विद्यालय व्यवस्थापन समितिका का प्रतिनिधी हिरालाल पटेल, स्थानीय नेता ध्र्रुव राउत, श्रीनाथ मिश्रा,वडा सदस्य राज कुमार राउत, नेता जय नारायण सिंह लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको सहजीकरण एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहले गरेका थिए।
प्रकाशित मिति: २१:०२ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)