Kathmandu Press

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन

काबुल, भदौ १९ : तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ। शनिबार अफगान महिलाहरूको अधिकारको...
काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन

काबुल, भदौ १९ : तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ। शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो। लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन्। 

महिला अधिकारकर्मीहरुको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतले आफूलाई तालिबानले कुटपिट गरेको आरोप लगाए। 

Hardik ivf

टोलो न्युजका अनुसार तालिबानले प्रदर्शनकारी राष्ट्रपतिको कार्यालयतर्फ अघि बढ्ने क्रममा लाठी तथा अश्रु ग्यास प्रहार गरेका थिए। 

महिला कार्यकर्ता र प्रदर्शनकारीले राष्ट्रपति भवन (एआरजी) को गेट अगाडि विरोध प्रदर्शन गर्न चाहेको बताएका छन् तर अफगानिस्तानको इस्लामिक इमिरेट्सका सदस्यहरुले भने उनीहरुलाई विरोध गर्न नदिएको द खामा प्रेसले जनाएको छ।

पत्रकार तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेका भिडियो क्लिपका अनुसार तालिबानले प्रदशर्नकारी महिलालाई तितरवितर पार्न हवाइ फाइर तथा अश्रु ग्यास को प्रयोग गरेका खामा प्रेसले बताएको छ। शनिबारको विरोध तालिबानले कब्जा गरेदेखि अफगानिस्तानमा आयोजित चौथो महिला विरोध थियो। यसअघि पश्चिमी हेरात प्रान्त र अफगानिस्तानको राजधानीमा विरोध प्रदर्शनहरू भएका थिए। 

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्