चीनसँग कुनै सीमा विवाद छैन : ओली

काठमाडौं, भदौ १९ : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताएका छन्।
शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दौ उनले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो? भन्दै प्रश्न गरेका थिए।
‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, उनले भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो? कसलाई खुसी पार्न?’
वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको भन्दै उनले भने, ‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु।’
सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रकाशित मिति: २०:०८ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











