Kathmandu Press

एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

काठमाडौं, भदौ १९ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएका छन्। काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना...
एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा

काठमाडौं, भदौ १९ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताएका छन्। काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राखे।

‘पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ,’ उनले भने, ‘पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ।’

नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौँमा आउनेसमेत बताए। उनले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताए। उनले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताए।

‘उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ,’ उनले भने, ‘एमाले कुनै वैशाखी टेकेको पार्टी होइन। जनता र देशको विकास गर्ने पार्टी हो। त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ।’

उनले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको जानकारी दिए। उनले एमालेले केही गलत व्यक्तिलाई उम्मेदवार बनाएको हुनाले एमालेको  सरकार ढलेको आरोप लगाए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू अलि धेरै थकित भएर सामान्य ज्वरो आएको जानकारी दिए।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्