Kathmandu Press

अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर बढ्याे

वासिङ्टन, भदौ १९  संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ। यहाँको कोभिड सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड...
अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर बढ्याे

वासिङ्टन, भदौ १९  संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ। 

यहाँको कोभिड सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ। 

Hardik ivf

जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ। 

यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ। यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ। 

यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ। पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन्। 

यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १।७ प्रतिशतले बढी हो। त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ। 

यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो। यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको समाचारमा जनाइएको छ । 

अमेरिकी संस्था सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो। 
 

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्