Kathmandu Press

‘वडा अधिवेशनको उत्साहजनक सहभागिताले कांग्रेसमा ऊर्जा थपेको छ’

काठमाडौं, भदौ १९ : प्रमुख सत्तारूढ दल नेपाली हमहामन्त्री डा. प्रकाशशरण महतले हिजो (शुक्रबार) बाट सुरु भएको वडा अधिवेशनमा नेता–कार्यकर्ताको उत्साहपूर्वक सहभागिता देखिएको...
‘वडा अधिवेशनको उत्साहजनक सहभागिताले कांग्रेसमा ऊर्जा थपेको छ’

काठमाडौं, भदौ १९ : प्रमुख सत्तारूढ दल नेपाली हमहामन्त्री डा. प्रकाशशरण महतले हिजो (शुक्रबार) बाट सुरु भएको वडा अधिवेशनमा नेता–कार्यकर्ताको उत्साहपूर्वक सहभागिता देखिएको बताएका छन्।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अन्ततः मंसिर ९, १०, ११, १२ र १३ गते अन्तिम चरणमा महाधिवेशन हुन्छ। यसमा कुनै द्विविधा छैन। यसले कांग्रेसमा ऊर्जा, जाँगर थपेको छ।’

महाधिवेशनले पार्टीलाई नयाँ जीवन थप्नेमा पूरा विश्वास आफूमा रहेको उनले बताए। ‘पार्टीको नयाँ र लोकतान्त्रिक विधान छ। निर्वाचन प्रणाली पारदर्शी छ। १० लाखको क्रियाशील सदस्य बनेको छ। यो अवसर र चुनौती दुवै हो। हामीसँग पार्टीभित्र एकता र सद्भाव कायम राख्ने चुनौती छ। मलाई लाग्छ, एउटा अनौठो लोकतान्त्रिक अभ्यास हुँदैछ।’

उनले उम्मेदवारीको प्रश्नमा आकांक्षा अभिव्यक्त हुनु स्वाभाविक भएको सुनाए। उनले भने, ‘अन्ततः कार्यकर्ताहरुबाट, तलबाट खारिएर आउनेले सही अभिमत दिनुहुनेछ। हाम्रो सभापतिले नै आम निर्वाचन जित्ने मूल लक्ष्य हो भनेर भन्नुभएको छ। पार्टीभित्र जो विजयी भए पनि आफ्नै मान्छे हुने हो। पार्टी सभापतिले पनि आम निर्वाचन जिताएर मात्रै विश्राम लिन्छु भन्नुभएको छ।’

अरूले पनि सभापतिमा ईच्छा व्यक्त गरिरहेको उल्लेख गर्दै उनले भने, ‘आफ्नो इच्छा व्यक्त गर्न पाइन्छ। मंसिरमा केन्द्रीय नेतृत्वको नोमिनेसनका लागि समय छ। अहिले दाबी गर्नेहरुको भोलि मन बदलिन सक्छ अनि अहिले चुप लागेकाहरु नोमिनेसनको बेला उठ्न पनि सक्छन्। यसमा चिन्ता गर्नुपर्दैन।’
 

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्