Kathmandu Press

तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

काठमाडौं, भदौ १९ : युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन्। युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन्...
तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

काठमाडौं, भदौ १९ : युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन्। 

युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ। 

Hardik ivf

उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन्। उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए। 

उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ। 

त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन्। अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ। 

यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् । 
 

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्