उपत्यकामा ३ सय ८६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ७,६६३

काठमाडौं, भदौ १९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ६३ पुगेको छ।
जसमध्ये काठमाडौंमा ४ हजार २ सय ३७, भक्तपुरमा १ हजार ३ सय २६ र ललितपुरमा २ हजार १ सय छन्।
प्रकाशित मिति: १६:५५ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











