चीनको एक कारखानामा भएको आगलागीमा छ जनाको मृत्यु
हाङजाउ, भदौ १९ : पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर...
हाङजाउ, भदौ १९ : पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन्।
पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ। शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन्।
कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १६:४८ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












