२४ घण्टामा १२६८ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ।
काठमाडौं, भदौ १९ : गत २४ घण्टाभित्र नेपालमा थप १२६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
कूल ९८७५ जनाको नमूना परीक्षण गर्दा १२६८ जनामा कोरोना संक्रमण देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १०२४ र एन्टिजेन विधिबाट २४४ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ७५३ पीसीआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ।
गत २४ घण्टाभित्र नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
प्रकाशित मिति: १६:४४ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











