Kathmandu Press

२१औं शताब्दीको जनवादलाई माओवादीले स्विकार्नुपर्छ : शर्मा

काठमाडौं, भदौ १९ : अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले २१औं शताब्दीको जनवादलाई लागू नगरेका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन्।आज...
२१औं शताब्दीको जनवादलाई माओवादीले स्विकार्नुपर्छ : शर्मा

काठमाडौं, भदौ १९ : अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले २१औं शताब्दीको जनवादलाई लागू नगरेका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन्।

आज (शनिबार) राजधानीमा माओवादी दोरम्बा शैलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीलाई शक्तिबाली बनाएर लान  ‘जनयुद्धबाट स्थापित२१औं शताब्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्छ।’

२१औं शताब्दीको जनवादले जनताद्वारा नियन्त्रित पार्टी र सत्ता हुनुपर्ने विषयलाई जोड दिएको र पार्टीले पनि त्यसलाई अब स्वीकार गर्नुपर्नेमा उनले जोड दिए। उनले पार्टी केन्द्रमुखी नभई जनतामुखी बन्नुपर्ने बताए।

गुटबन्दीलाई त्यागेर  खुला बहसका माध्यमले पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्