Kathmandu Press

राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथलाई, पेचिलो विषय ‘जबज’

काठमाडौँ, भदौ १९ : नवगठित नेकपा (एकीकृत समाजवादी) ले राजनीतिक प्रतिवेदन तयार पार्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति बनाएको छ।सो समितिमा डा. बेदुराम...
राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथलाई, पेचिलो विषय ‘जबज’

काठमाडौँ, भदौ १९ : नवगठित नेकपा (एकीकृत समाजवादी) ले राजनीतिक प्रतिवेदन तयार पार्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति बनाएको छ।

सो समितिमा डा. बेदुराम भुसाल, गंगालाल तुलाधार, विजय पौडेल,  राजेन्द्र राई, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, रामकुमारी झाँक्री, केशवलाल महर्जन, गणेश विश्वकर्मा र सावित्रा भुसाल छन्।

समितिले तयार पारेको राजनीतिक प्रतिवेदन आगामी राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ। तथापि पार्टी सम्मेलन कहिले हुने भन्ने टुंगो लागेको छैन। तर  प्रतिवेदन तयार पार्न एक महिनाभित्र समय दिइएको जनाइएको छ।

एकीकृत समाजवादीमा मार्गदर्शक सिद्धान्तका रूपमा जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवादलाई अंगीकार गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेर रहेको छ।

नेता खनाल एमालेमा हुँदै जबजका विरोधीका रूपमा चिनिन्छिन्। त्यसैगरी समितिमा रहेका नेता भुसाल जबजका खरो समर्थक हुन्। उनले विद्यावारिधि पनि जबजमै गरेका हुन्।

नेता वामदेव गौतमले जबजलाई एकीकृत समाजवादीले मार्गदर्शन सिद्धान्त माने आफू आउन सक्ने जनाएपछि अध्यक्ष माधवकुमार नेपालले त्यसमा ‘विचार गर्ने बताएका छन्।

एकीकृत समाजवादीलाई आधिकारिकता दिन निर्वाचन आयोगमै पुगेर सनाखत गरेका नेता प्रदीप नेपालले जबजलाई अँगाल्नेमा माधवकुमार नेपालले धोका दिएको भन्दै आफू पार्टीमा रहन नसक्ने बताइसकेका छन्।

एमालेले जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा अपनाउँदै आएको छ । एमालेबाट विभाजन भई बनेको नयाँ पार्टी एकीकृत समाजवादी पुरानै पार्टीको मार्गदर्शक सिद्धान्त अँगाल्ने या नअँगाल्ने भन्नेमा भित्रभित्रै विश्लेषण हुने गरेको तर टुंगो लाग्न बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्