Kathmandu Press

इटहरीमा निर्मित भाटभटेनीको सबैभन्दा ठूलो स्टोर सञ्चालनमा आयो 

काठमाडौं, भदौ १९ : भाटभटेनी सुपरमार्केटले केही वर्षयता काठमाडौं उपत्यकाबहिर पनि विभिन्न सहरमा आफ्नो शाखा विस्तार गर्दै आइरहेको छ। यसैक्रममा सुनसरीको इटहरीमा पनि...
इटहरीमा निर्मित भाटभटेनीको सबैभन्दा ठूलो स्टोर सञ्चालनमा आयो 

काठमाडौं, भदौ १९ : भाटभटेनी सुपरमार्केटले केही वर्षयता काठमाडौं उपत्यकाबहिर पनि विभिन्न सहरमा आफ्नो शाखा विस्तार गर्दै आइरहेको छ। यसैक्रममा सुनसरीको इटहरीमा पनि भाटभटेनीको नयाँ स्टोर सञ्चालनमा आएको छ।

इटहरीबाट धरानतिर जाने सडकको नजिकै ३५ कट्ठा क्षेत्रफलमा बनाइएको यो स्टोर नेपालको सबैभन्दा ठूलो भएको दाबी भाटभटेनीले जनाएको छ।

भाटभटेनीका अनुसार नयाँ स्टोर ३ अर्बको लगानीमा बनेको हो। उद्घाटनका अवसरमा स्टोरले केही समयका लागि  छुको व्यवस्था पनि गरेको छ।

पाँच तलाको यो स्टोरमा २ सय ४ सिट क्षमताका दुई वटा सिनेमा हल, दुई तले पार्किङ रहेको जनाइएको छ। त्यहाँ सपिङ मलका अलावा रेष्टुरेन्ट र बैंकसमेत रहेका छन् ।

यो स्टोर २०७६ सालमा बन्न थालेको हो। एक वर्षको अन्तरालमै बनाएर २०७७ साल माघभित्र सञ्चालनमा ल्याइसक्ने योजना भए पनि कोरोना महामारीका कारण पूरा हन नसकेको कम्पनीको भनाइ छ।
 

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, भदौ १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्