एमाले जुम्ला जिल्ला कमिटी एकीकृत समाजवादीमा
जुम्ला, भदौ १९ : एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रूपान्तरित भएको छ।६१ सदस्यीय जिल्ला कमिटीका ५८ जनाले शुक्रबार पत्रकार...
जुम्ला, भदौ १९ : एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रूपान्तरित भएको छ।
६१ सदस्यीय जिल्ला कमिटीका ५८ जनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला कमिटी समाजवादीमा गएको जानकारी दिएको हो। बाँकी तीन जना पनि ढिलोचाँडो एकीकृत समाजवादीमै आउने कमिटीको भनाइ छ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले एमालेबाट निर्वाचित प्रदेश सांसद एवं जनप्रतिनिधि पनि एकीकृत समाजवादीमा समाहित हुने बताए।
निर्वाचन आयोगले प्रदेश सांसद तथा जनप्रतिनिधिहरूलाई सनाखतका लागि भदौ २२ गतेसम्मको समय दिएको छ। सो समय सकिएको भोलिपल्टै भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको अध्यक्ष बुढाले बताए।
प्रकाशित मिति: १३:२० बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











