Kathmandu Press

दल निर्माण प्रक्रिया बाँकी रहेकाले संघीय सरकार विस्तारमा ढिलाइ : झाँक्री

विराटनगर, भदौ १९ : नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दल निर्माण प्रक्रिया बाँकी रहेकाले संघीय सरकार विस्तार र प्रदेशमा नयाँ सरकार निर्माणमा...
दल निर्माण प्रक्रिया बाँकी रहेकाले संघीय सरकार विस्तारमा ढिलाइ : झाँक्री

विराटनगर, भदौ १९ : नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दल निर्माण प्रक्रिया बाँकी रहेकाले संघीय सरकार विस्तार र प्रदेशमा नयाँ सरकार निर्माणमा ढिलाइ भएको बताएकी छन्।

आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुको पार्टी पूर्ण रूपमा बनिनसकेको र पार्टी नबनी सरकारमा जान नमिल्ने बताइन्।

‘पार्टी निर्माण प्रक्रियाले पूर्णता पाएपछि संघमा चाँडै सरकार विस्तार हुन्छ र प्रदेशमा पनि नयाँ सरकार निर्माण हुन्छ,’ उनले भनिन्। 

बजारमा अनावश्यक हलला चले पनि पाँचदलीय गठबन्धन कुनै हालतमा नटुट्ने उनले स्पष्ट पारिन्। जनअनुमोदित संसदलाई पूरा कार्यकाल सञ्चालन गर्न अग्रगमनमा विश्वास राख्ने पार्टीहरुबीच गठबन्धन बनेको र गठबन्धनले त्यो अभिभारा पूरा गरेरै छाडने उनको भनाइ थियो।

उनले प्रदेश १ र वाग्मती प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्री लिनेबारे भागबन्डा नभए पनि त्यहाँ आफूहरुको नेतृत्वमा सरकार निर्माण हुने कुरा अस्वाभाविक नरहेको तर्क गरिन्।

एकीकृत समाजवादीले महिला र युवाहरुलाई सहभागितामा उच्च प्राथमिकता दिइने उल्लेख गर्दै उनले युवा र नयाँ पुस्तालाई आफ्नो पार्टीमा आउन आग्रह गरिन्।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्