Kathmandu Press

ग्राण्डीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालन

काठमाडौं, भदौ १९ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ। पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन...
ग्राण्डीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालन

काठमाडौं, भदौ १९ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ। 

पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो। 

अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिकोे समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए। ‘ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ,’ उनले भने। 

उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ। क्लिनिकका रिँगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिँगटासम्बन्धी समस्या उपचार गरिने बताए। 

‘कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौं,’ उनले भने। विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० श्ययामार्फत बिरामीको उपचार गराउँदै आएको छ। 
 

प्रकाशित मिति: १२:२० बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्